
काठमाडौं -विराज भट्ट निर्देशित एक्सनप्रधान फिल्म ‘१२ गाउँ’ दशैंको फूलपातीमा रिलिज तयारीमा छ । उनका छोरा समीरले पनि यही फिल्मबाट रजतपटमा करिअरको थालनी गर्दैछन् ।
यसअघि उनले नेपालसँग सीमा जोडिएको विहारको भोजपुरी फिल्म उद्योगमा लामो समय काम पनि गरे । उनी भोजपुरी फिल्मका चर्चित अभिनेता समेत हुन् ।
भोजपुरी स्टार निरहुआसँग भट्टको गज्जबको दोस्ती पनि छ । विराज निरहुआलाई भैया भनेर बोलाउँछन् । यतिबेला विराजको डेब्यु निर्देशकीय फिल्मको प्रचारमा भोजपुरी स्टार निरहुआले पनि साथ दिएका छन् । निरहुआको वास्तविक नाम दिनेशलाल यादव हो ।
निरहुआले ‘१२ गाउँ’को ट्रेलर सेयर गर्दै निरहुआले लेखेका छन्, ‘मेरा मिल्ने साथी विराज भट्टजीका छोरा समीर भट्ट यो फिल्मबाट डेब्यु गर्दैछन्, तपाईं सबैले आफ्नो माया र आशीर्वाद दिनुहोस् ।’ जवाफमा विराजले भनेका छन्( ‘धन्यवाद भैया ।’
निरहुआ अहिले भोजपुरी फिल्म उद्योगका चर्चित अभिनेता हुन् । उनी बेलाबेलामा काठमाडौं आउँदा विराजलाई भेटिरहन्छन् । निरहुआले भारतको सत्तारुढ दल बीजेपीको तर्फबाट लोकसभाको चुनाव पनि लडेका थिए ।