काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेले अपारदर्शी तरिकाले सत्ताबाट बहिर्गमन गराएको गुनासो गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पोष्टबहादुर बोगटीको स्मृतिसभालाई समबोधन गर्दै उनले षडयन्त्रमुलक तरिकाले मध्यरातमा आफूलाई हटाउने जमर्को गरेको कार्यकर्तासमक्ष गुनासो गरेका हुन् ।
‘मुख्य त सुशासनको प्रयास गरेबापत धेरै संख्या भएका भनिएकाहरुले बडो अपारदर्शी तरिकाले, बडो षडयन्त्रमुलक तरिकाले सरकार हटाउने मध्यरातमा हटाउने, आफ्नै पङ्तिलाई पनि जानकारी नदिइ गर्ने जमर्को गरियो’ उनले भने ।
अध्यक्ष प्रचण्डले ओलीले संसदको रोष्टमबाट बोलेको र देउवाले तलबाट टाउको हल्लाएको स्मरण गर्दै त्यहि दिनबाट आफूविरुद्ध ठूलै षडयन्त्रको गन्ध थाहा पाएको बताए ।
सरकारबाट बाहिरिँदा विजेताका रुपमा रहेकाले जनताले बुझिरहेको बेला जनतामा जान चुनौती र अवसर रहेको उनले बताए । अध्यक्ष प्रण्चडले पार्टीभित्रका नेताहरुले नबुझेजस्तो गरेपनि जनताले बुझिरहेपनि आफ्नै संगठनभित्रका नेताले नबुझेको गुनासो गरे । उनले संगठनात्मक अराजकता, कुण्ठा र विचलनको समस्या देखा परेकाले पार्टीभित्र एकताबद्ध बनाएर अगाडि पार्टी पुननिर्माणको गति अगाडि बढाउन खोजिएको बताए ।