Tue. Nov 26th, 2024

प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित

काठमाडौं – प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ ।

आज बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेको हो ।

आज बसेको बैठकमा विधेयकमाथि छलफल भएपछि सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गरेका हुन् । प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।समितिमा सहमति हुन नसकेका विधेयकका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएपछि आज पारित गरिएको हो ।

About The Author

अन्य समाचारहरु: