Tue. Nov 26th, 2024

प्रधानमन्त्री ओली भन्छन् -‘द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भयो भन्ने सन्देश दिन सफल हुनेछौँ’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुग्न लाग्नु साकारात्मक पक्ष भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार उनले टीआरसी विधेयकमा संसदीय समितिबाट अझिल्एका विषयमा सर्वसहमति भएको भन्दै आज प्रतिनिधिसभाबाट पारित हुने बताए ।

“टीआरसी टुंगो लगाउनुपर्ने थियो । यस सम्बन्धमा हामीले अलिक ढिलो गर्यौं । शान्ति प्रक्रिया ०६३ बाट सुरु भएयता १८ वर्षमा थुप्रै उपलब्धि हासिल गरेका छौँ,” उनले भने, “अन्तिम टुंगो लागेको थिएन । केही विषय अल्झिएका थिए । तिनको गाँठो फुकाउन जरुरी थियो । अहिले संसदीय समितिबाट सर्वसम्मत आइसकेको छ ।”

उनले पीडितमैत्री रुपमा विधेयकलाई अघि बढाइएको बताए । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक ऐन बनेपछि सरकारको तर्फबाट पूरा सहयोग हुने बताए ।

“शान्तिका पक्षधरहरूका लागि खुसीको विषय छ । यो ऐन बनिसकेपछि आयोग निर्माण गर्नेछौँ,” उनले भने, “सहमतिका साथ प्रभावकारी आयोग बन्छ । सरकारको तर्फबाट पूरा सहयोग हुन्छ ।”

About The Author

अन्य समाचारहरु: