Tue. Nov 26th, 2024

सरकारले भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर क्षमा दिँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार रोकथाम, नियन्त्रण र अन्त्य गर्ने सवालमा सरकारको प्रतिवद्धता दृढ रहेको बताएका छन् । उनले भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर सरकारले क्षमा नदिने समेत बताए ।

मंगलबार संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर क्षमा दिने काम सरकारले नगर्ने बताएका हुन् । समृद्ध नेपालः सुखी नेपाली बनाउने सरकारको अभियानमा भ्रष्टाचार खतरनाक तगारोको रुपमा रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसको अन्त्य गर्न सरकार दृढतापूर्वक लागिपर्ने बताए ।

नेपाल सरकारको भ्रष्टाचार सम्बन्धी शून्य सहनशीलता, म भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्नँ भन्ने स्पिरिट रहेको भन्दै ओलीले त्यसमा तलमाथि हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा कसैप्रति पूर्वाग्रह नराख्ने अडान पनि लिएका छन् । कसैलाई दुःख दिने नियतका साथ सरकारले कुनै पनि काम नगर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

About The Author

अन्य समाचारहरु: