Fri. Jan 31st, 2025

गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा घाईते भएका एकजनाको उपचारको क्रममा मृत्यु

धादिङ-धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा घाईते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुविभ्याली गाउँपालिका वडा नम्बर १ का ७२ वर्षिय निर्माण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । तामाङको विर अस्पताल काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

धादिङबेंसीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी गाउँपालिका–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो । दुर्घटनामा परि अन्य ९ जना घाईते भएका थिए ।

घाईतेमध्ये निलकण्ठ नगरपालिका ३ पुछार बजार बस्ने बर्ष २६ की निन्दु शाहा र शान्तबजार बस्ने वर्ष ३१ की सुनिता घिमिरेको काठमाण्डौंमा उपचार भईरहेको छ । भने अन्य घाईतेहरु उपचार पछि घर फर्किएको प्रहरी नायव उपरिक्षक मिश्रले बताए।

About The Author

अन्य समाचारहरु: