काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेर डेढ लाख पुगेको हो ।
आज सुन प्रतितोला १ लाख ५० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालससम्मकै उच्च हो ।