Wed. Mar 12th, 2025

५ वर्षपछि फिल्ममा फर्किंदै राजेश हमाल, दिवाकर भट्टराईको एक्सन-थ्रिलरमा जोडिए

काठमाडौं -अभिनेता राजेश हमाल ५ वर्षपछि फिल्म अभिनयमा फर्किने पक्का भएको छ । निर्देशक दिवाकर भट्टराईको आगामी एक्सन(थ्रिलरमा उनी अनुबन्धित भएका छन् । हमालको पछिल्लो फिल्म ‘सीता’ थियो ।

निर्माता तथा निर्देशक भट्टराई र अभिनेता हमालबीच आइतबार बेलुका लिखित सहमति भएको छ । सहमतिको जानकारी दिँदै हमालले लेखेका छन्- लामो अन्योलतापछि दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रमा काम गर्दैछु ।’ फिल्मको शीर्षक तय भैसकेको छैन ।

सामाजिक कथामा आधारित हुने यो फिल्मलाई एक्सनप्रधान बनाउने तयारी छ । फिल्ममा हमालको शीर्ष भूमिका हुने जनाइएको छ ।

‘राजेश दाईलाई पुरानो भन्दा पनि नयाँ लुकमा ल्याउँदैछौं । डेढमहिनादेखि स्क्रिप्टमा बसेका छौं’ निर्देशक भट्टराईले भने, ‘कमब्याकको लागि गर्विलो स्क्रिप्ट भन्ने कुरामा उहाँ सहमत हुनुभयो ।’

हमालको लागि यो फिल्म करिअरको दोस्रो इनिङ हुनसक्ने भट्टराईको दावी छ । फिल्मको लेखन तथा निर्देशन भट्टराईकै हुनेछ । भदौदेखि काठमाडौं, पोखरा र मुस्ताङमा फिल्म छायांकनको तयारी छ ।

अहिले कार्यशाला चलिरहेको र केही दिनमा हमालले पनि ज्वाइन गर्ने जनाइएको छ । यो सहमतिसँगै फिल्म अभिनयमा हमालको लामो समयको खडेरी तोडिने विश्वास लिइएको छ ।

About The Author

अन्य समाचारहरु: