Wed. Mar 12th, 2025

भोटोजात्रामा राष्ट्रपति र प्रधानमन्त्रीकै अगाडि बालेन शाहको पक्षमा नारा

काठमाडौं -ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाउने क्रममा राष्ट्रपति र प्रधानमन्त्रीकै अगाडि युवाहरूको एक समूहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा नारा लगाएको छ ।

आइतबार अप्राह्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिकहरूले भोटोजात्राको अवलोकन गरिहरेका बेला २०–३० जनाको युवाहरूको समूहले बालेन शाह – जिन्दावादको नारा लगाएको हो ।

उनीहरूलाई साम्य पार्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । पछि आफैँ नारा लाग्न छोडेको थियो ।

वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाउने चलन छ ।

About The Author

अन्य समाचारहरु: