Tue. Nov 26th, 2024

सुरक्षित आवासगृहलाई खाद्यान्न र सरसफाई सामाग्री सहयोग

धादिङ– धादिङको सदरमुकाम धादिङबेसीमा रहेको सहयात्री समाजले संचालन गरेको सुरक्षितआवास गृहलाई खाद्यान्न र सरसफाईको सामाग्री सहयोग उपलब्ध गराएको छ ।

निजामति सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामति कर्मचारी संगठन धादिङका अध्यक्ष बिरबहादुर दुवाडीको अध्यक्षतामा खाद्यान्न र सरसफाईको सामाग्री वितरण गरिएको हो ।

ज्यानको पर्वाह नगरि राज्य व्यवस्था परिवर्तनमा योगदान गर्ने खोटाङका मनोज जोशी, कास्कीका झपेन्द्र, कार्की, मुगुका सुरेन्द्र बिक लगायतको योगदानको सम्झनामा सुरक्षित आवास गृहमा रहेका हिंसा प्रभावितहरुका लागि दैनिक उपभोग्य सामाग्री चामल, दाल, तेल तथा सरसफाई सामाग्री वितरण गरिएको थियो ।

परिवारबाट बलात्कारमा परेर घर, परिवार र समाजबाट बहिस्करणमा परेका, घरेलु हिंसामा परेकाहरुसहित हाल सुरक्षित आवासगृहमा ५ जना हिंसा पीडितहरु रहेका छन् ।

About The Author

अन्य समाचारहरु: