Thu. Mar 13th, 2025

काभा महिला भलिबल लिगको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलङ्कासँग

काठमाण्डौ – काभा महिला भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाल भलिबल सङ्घले आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै लिगको खेल तालिका र ट्रफी सार्वजनिक गरेको हो ।

प्रतियोगिता यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा नेपालले उद्घाटन खेलमा साउन १७ गते श्रीलङ्कासँग, दोस्रो खेलमा साउन १८ गते भारतसँग, तेस्रो खेलमा साउन २० गते माल्दिभ्ससँग र चौथो खेलमा साउन २१ गते इरानसँग खेल्ने तालिका छ ।

लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते हुनेछ ।

About The Author

अन्य समाचारहरु: