Tue. Nov 26th, 2024

मन्त्री चयनले कांग्रेसमा मतभेद सुरू, शेखर-गगन पक्षले राखे यस्तो माग

काठमाडौं – प्रदेश सरकारमा मन्त्री चयनले सत्तारुढ दल नेपाली कांग्रेसमा आन्तरिक विवाद बढ्दै गएको छ । आफूहरुको मागलाई बेवास्ता गरिएको भन्दै शेखर कोइराला(गगन थापा पक्षले आपत्ति जनाएको हो ।

कोइरालाले सभापति शेरबहादुर देउवाले प्रदेश सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा अहिलेसम्म आफूहरुसँग कुनै छलफल र समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

प्रदेश सरकार गठन भइ कांग्रेसबाट पनि मन्त्रीहरु नियुक्त भइरहँदा कोइराला पक्षले आफूहरुसँग छलफल नगरेकोमा आपत्ति जनाएको हो ।

प्रदेश सरकार गठन र आफ्नो समुहको सहभागीताबारे मंगलबार विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेका थिए । छलफलमा कोशीमा – २ वागमतीमा – ३, गण्डकीमा– २, लुम्बिनीमा – २, कर्णालीमा – १ र सुदुरपश्चिममा – १ गरी ७ प्रदेशमा ११ जना मन्त्री आफ्नो समुहलाई दिनुपर्ने निष्कर्ष निकालेको कोइरालाको सचिवालयले जानकारी दिएको छ ।

तर देउवाले आफूखुशी गरिरहेको शेखर गगन पक्षको आरोप छ । बैठक सकिएलगत्तै शेखर कोइरालाले सभापति देउवालाई फोन आफ्नो समूहको धारणा सुनाएको थियो । तर अहिलेसम्म पार्टी सभापतिबाट कुनै जवाफ नआएको र एकतर्फी मन्त्रीहरुको टुंगो लगाइरहिएको कोइराला पक्षको भनाइ छ ।

About The Author

अन्य समाचारहरु: