Sun. Mar 9th, 2025

राहतको जस्ता धादिङका प्रहरी निरीक्षकको घरमा

Jasta-pata

धादिङ – गोरखाको आरुघाटस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत धादिङ घर भएका एक प्रहरी निरीक्षकको घरबाट भूकम्प पीडित राहत सामाग्री भएको आशंकामा ठुलो परिमाणमा जस्तापाता र ट्रष्टको रिङ बरामद भएको छ।

स्थानीयले दिएको उजुरीको आधारमा शनिबार धादिङको नलाङ गाविस–३ मा रहेको प्रहरी निरीक्षक रविन्द्र खनालको घरबाट १ सय ७ थान जस्ता र ट्रष्ट बनाउने ग्रिलको रिङ ४२ थान बरामद भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । ‘स्थानीयले जानकारी दिएको आधारमा बुझ्न जाँदा खनालको घरमा भेटिएको सामाग्री प्रहरीले बरामद गरेको हो,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘सहि या गलत के हो भन्ने कुरा अनुसन्धान पछि मात्र थाहा हुन्छ ।

’धादिङसँग सिमाना जोडिएको आरुघाटमा कार्यरत प्रहरी निरीक्षक खनालले सो आसपासका विद्यालयको लागि अस्थाई टहरा निर्माण गर्न गोदाम गरी राखेको सामाग्री लगेको उजुरी स्थानीयले गरेका छन् । सो घटनाको अनुसन्धान डिडिआरसीको मातहतमा जिल्ला प्रहरी कार्यालयले सुरु गरेको धादिङका प्रहरी नायव उपरिक्षक सविन प्रधानले बताए ।

About The Author

अन्य समाचारहरु: