
काठमाडौं – काठमाडौं महानगरको न्यूरोडको फुटपाथ विस्तारको समर्थनमा वडा नं. २४ मा प्रदर्शन भएको छ । वडा नं. २२ र २३ मा जनप्रतिनिधिले विरोध गरिरहँदा वडा नं. २४ मा भने स्थानीयबासीले मेयर बालेन्द्र शाह बालेनको पक्षमा प्रदर्शन गरेका हुन् ।
उक्त वडामा फुटपाथ विस्तार भइसकेको छ । त्यसैको समर्थनमा वडाबासीले मखनमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘फुटपाथ बढाएर आमनागरिकलाई सहजसँग हिँड्न देऊ’, ‘चेलीबेटी दिदी–बहिनीको सुरक्षा गर’, ‘अगाडि बढ बालेन जनता तिम्रो साथमा छन्’ जस्ता नारा प्रस्तुत गरेका थिए ।
सडक विभाग र महानगरबीचको विवादमा उच्च अदालत पाटनले महानगरको पक्षमा फैसला गरेपछि फुटपाथ विस्तार भइरहेको छ ।