Tue. Nov 26th, 2024

पेट्रोलियम आयात: बढ्यो परिमाण, घट्यो मूल्य

काठमाडौं-नेपालमा एक वर्ष अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । यसमध्ये डिजेल सबैभन्दा अगाडि छ ।

देशभरि विद्युतीय सवारीसाधनको बढ्दो संख्यासँगै पेट्रोलियम पदार्थ खपत घट्ने अपेक्षा थियो । तर, तथ्यांकले भने मुलुक अझै पनि पेट्रोलियम पदार्थमै अधिक निर्भर रहेको देखाउँछ ।

गत आर्थिक वर्ष २०८०र८१ मा १४ लाख ११ हजार ४ सय ४० किलोलिटर बराबर डिजेल आयात भएको छ । २०७९र८० मा १४ लाख ८ हजार ४ सय ९४ किलोलिटर डिजेल आयात भएको थियो । तर, मूल्य भने घटेको छ ।

अघिल्लो आव २०७९र८० मा १ खर्ब ५३ अर्ब ७६ करोड रुपैयाँको डिजेल आयात भएकोमा यस वर्ष १ खर्ब ४३ अर्ब ९७ करोड बराबरको डिजेल आयात भएको छ ।

About The Author

अन्य समाचारहरु: