
बुधबार भीमसेन थापाको २ सय ५०औँ जन्मजयन्ती मनाइँदै छ । सो अवसरमा गोरखाको भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
गाउँ कार्यपालिकाले सूचना जारी गर्दै गाउँपालिकाभित्रका सरकारी कार्यालय, संघ संस्थाहरुमा सार्वजनिक बिदा हुने जनाएको छ । गाउँपालिकाले गत असार ७ गते यस विषयमा निर्णय गरेको थियो ।
गाउँपालिकाले बुधबार भीमसेन थापा गाउँपालिका–८ चण्डीथोकमा रहेको भीमसेन थापाको शालिकमा माल्यार्पणलगायत कार्यक्रम पनि राखेको छ ।