नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मुलुकको आर्थिक अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीका भनाईको तथ्यसहित खण्डन गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्दै ओलीले अर्थतन्त्र निकै खराव अवस्थामा रहेको बताएका थिए । तर,पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले भने त्यस्तो निराशा नरहेको दाबी गर्दै नेकपाकालमा ओली दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री भएका बेलाभन्दा अहिले अर्थतन्त्र सवल रहेको तथ्याङ्क पेश गरे ।
२०७४–७५ मा केपी शर्मा ओली प्रधानमन्त्री बन्दा कूल राष्ट्रिय ऋण २६ प्रतिशत रहेको थियो । अर्को बर्ष एकैपटक ३० प्रतिशत पुग्यो । २०७७ सालसम्म ३८ प्रतिशत पुग्यो । साढे ३ वर्ष लगातार ३ वर्ष नेतृत्व गरेर सरकार छोड्ने क्रममा हाम्रो राष्ट्रिय ऋण ४० दशमलव ८ प्रतिशत थियो भने आज त्यही कुरा ४१ प्रतिशतको हाराहारीमा छु, उनले भने ।
प्रधानमन्त्री ओलीलाई संसदमा भावनात्मक भाषण गरेर जनतामा निराशा नजगाउन पुनले आग्रह गरे ।