Tue. Nov 26th, 2024

कांग्रेस-एमालेको सहकार्य देशको लागि खतराः रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेस–नेकपा एमाले सही स्वार्थमा नमिलेको बताएको छ ।

आज (बिहीबार) पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले दुई ठूला दल देश विकासको स्वार्थका लागि नमिलेको आरोप लगाएका हुन् ।

‘हाम्रो जस्तो भागबण्डाको राजनीति, नियमक निकायमा नियुक्ति, संवैधानिक निकाय सबैतिर भागबण्डा चल्छ । सहि नीति लिएर अहिलेको सरकार बनेको भए गज्जब हुन्थ्यो,’ उनले भने, ‘अब एकपटक ठूला दल मिलेर देशका समस्या समाधान गर्न मुलुकको स्वार्थको लागि काम गर्नुपर्छ भनेर सरकार बनेको भए रिजल्ट दिन्थ्यो ।’

उनले लौरो ठटाउँदै र घण्टी बजाउँदै स्वतन्त्रहरू निस्किएपछि कांग्रेस र एमाले मिलेको उनको भनाइ थियो ।‘रियलाइजेसनको नतिजा अहिलको दुई ठूला दलको मिलनमा देखिँदैन । साँच्चै हामीले नराम्रो गरेकै कारणले भन्दा पनि यतबाट घण्टी बजाउँदै आए, उताबाट लौरा ठटाउँदै आए भनेर अहिले त मल्टिपार्टी होइन दुई पार्टी नै मिल्नु पर्छ भनेर सार्वजनिक अभिव्यक्ति नै आइसकेको छ,’ उनले भने, ‘त्यो रियलाइजेसनको कारणले भएको देखिँदैन ।’ उनले कांग्रेस र एमालेको सत्ता सहकार्य अझै बढी खतरनाक हुनसक्ने पनि बताए ।

लामिछानेले देश कसले चलाउँछ भन्नेकुरा राम्रोसँग जानकारी मिलेको बताएका छन् । ‘हामी त केही सिक्नु थियो । हामीले त केही गर्नु थियो । हामी त हेर्नु थियो । सिंहदरबार कसरी चलाउने भन्नेकुरा जान्नका लागि सिंहदरबार कसरी चल्दैछ भन्नेकुरा हेर्नैपर्छ । जति गाली खाएर भएपनि केही समय सरकारमा जानु नै थियो,’उनले भने,‘अहिले जुन चार महिनाको अवधि हामीले सरकारमा बस्यौँ, यो अवधिले अब चाहीँ हामीलाई धेरै कुरा बुझ्न सहयोग मिलेको छ । अब पद र गोपनियताको शपथ खाएका छौँ, सबैकुरा सार्वजनिक गर्न त मिल्दैन । तर देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रो सँग थाहा पायौँ । यो ठूलो पाठ सिकेका छौँ । यसबाट राज्यलाई घाटा लगाएका छैनौँ ।’

About The Author

अन्य समाचारहरु: