Fri. Mar 14th, 2025

धादिङमा यो वर्ष झण्डै तीन हजार पिन्ट रगत संकलन

फाइल तस्बिर

धादिङ– धादिङमा एक वर्षमा झण्डै तीन हजार पिन्ट रगत संकलन भएको छ । जिल्लाको बिभिन्न स्थानमा भएको रक्तदान कार्यक्रमबाट आर्थिक वर्ष २०८०/०८१ मा दुई हजार नौ सय ३५ पिन्ट रगत संकलन भएको हो ।

२०८० श्रावण १ देखि २०८१ असार मसान्तसम्म धादिङ जिल्ला बिभिन्न ४५ वटा सघसंस्थाको आयोजनामा रक्तदान कार्यक्रम मार्फत सात सय ८९ जना महिला र दुई हजार एक ४६ जना पुरुष गरी दुई हजार नौं सय ३५ स्वयमसेवी रक्तदाताले रक्तदान गरेका छन् ।

यी कार्यक्रमहरुबाट एक जनाले चार पटकसम्म रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताए । ‘तीन सय भन्दा धेरै स्वयंसेवी रक्तदाताले यो वर्ष दुई पटकसम्म रक्तदान गर्नुभएको छ’, श्रेष्ठले भने–‘वर्षमा चार पटक रक्तदान गर्नेको संख्या धादिङबेसी आसपासमा मात्रै एक करिब एक सय स्वयंसेवी रक्तदाता हुनुहुन्छ । उहाँहरुबाट आपत्कालिन अवस्थामा हामीले सहयोग मागिरहेका हुन्छौं ।’

गत आर्थिक बर्षमा सबैभन्दा धेरै धादिङबेसीस्थित रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदान कार्यक्रममा दुई सय २६ जनाले रक्तदान गरेका छन् भने लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखी धादिङको आयोजनामा धादिङबेसी भएको रक्तदान कार्यक्रममा एक सय ५२ जनाले रक्तदान गरेका छन् । यस्तै रक्त सञ्चार सेवा केन्द्र धादिङमा आकस्मिक रुपमा ६८ जनाले रक्तदान गरेका छन् ।

जिल्लामा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ । तर सम्बन्धित संघसंस्थाहरुले सचेतनामुलक कार्यक्रमहरु भने गर्न सकेको छैन । डेङ्गी, कोरोना जस्ता सरुवा रोगको महामरीले पनि यो वर्ष सोचेजस्तो रगत संकलन अझ नभएको सामाजिक अधियान्ताहरुको ठम्याई छ । स्वयंसेवी रक्तदाताहरुलाई स्थानीय स्तरमै टिक्न सक्ने वातावरण सिर्जना गर्ने र रक्तदान सम्बन्धी सचेतनामुलक कार्यक्रमहरुलाई ग्रामीण भेगसम्म पु¥याउन सके धादिङ जिल्लाले रगतमा अझ धेरै योगदान गर्न सक्नेछ ।
रगत अभावलाई न्युनीकरण गर्नको लागि विभिन्न मेला, पर्व, उत्सव, बार्षिक साधारणसभा, भेलालगायतका कार्यक्रममा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ ।

About The Author

अन्य समाचारहरु: