Tue. Nov 26th, 2024

रुवीभ्याली–४ गोब्रेका पहिरो विस्थापितलाई हिमालयन हेल्थ केयरको सहयोग

धादिङ– धादिङको रुवीभ्याली गाउँपालिका–४ गोब्रेका पहिरो विस्थापितलाई हिमालयन हेल्थ केयर नेपालले सहयोग उपलब्ध गराएको छ । केहीदिन अघिको पहिरोले विस्थापित भएका गोब्रे गाउँका पाँच घर परिवारका लागि दैनिक उपभोग्य सामाग्री उपलब्ध गराएको हो ।

जिल्लाकै सबैभन्दा विकटमा पर्ने वस्तीका नागरिकलाई विपद्का कारण समस्या आइलागेपछि वडा कार्यालयबाट नै सहयोग माग भएकोले संस्थाको नियमअनुसार सहयोग उपलब्ध गराइएको हिमालयन हेल्थ केयर नेपालका प्रशासकीय अधिकृत कुलमणि बस्नेतले बताए । पाँच थान टेन्ट, सात थान त्रिपाल, छ सेट सोलार बत्ति, फाइबर सिरक र भुइमा ओछ्याउन प्रयोग गरिने म्याटसमेत गरी दुई लाख ३७ हजार पाँच सय बराबरको सामान उपलब्ध गराइएको बस्नेतले जानकारी दिए ।

रुवीभ्याली गाउँपालिकाको धादिङबेसी सम्पर्क कार्यालयमा पुगेर हेल्थ केयरले गाउँपालिका उपाध्यक्ष फेलामा तामाङलाई सामाग्री हस्तान्तरण गरेको छ । विस्थापितका लागि उपलब्ध गराइएको सामाग्री बुझ्दै उपाध्यक्ष तामाङले मंगलबार विस्थापतको वस्तीमै पु¥याइने बताए ।

पहिरोले योसिंङ तामाङ, फेटासी तामाङ, यान्जोम तामाङ्नी, दावा तामाङ र नामगेल तामाङको घर पूर्ण रुपले क्षति भएपछि उनीहरु विस्थापित भएका छन् । पहिरोले गोब्रेका टोक बहादुर तामाङ, रुवीभ्याली–३ का कुग लामा र मनमान तामाङको घर पनि जोखिममा छ ।

यसअघि रुवीभ्याली गाउँपालिका–४ गोब्रे हुनुपर्नेमा रुवीभ्याली–३ भएकोमा सच्याइएको छ । स.

About The Author

अन्य समाचारहरु: