Sun. Mar 9th, 2025

आज गाइजात्रा पर्व मनाइदै

Gaijatra
१३ भदौ, धादिङ  – आज गाइजात्रा । आजका दिन वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा मनशान्तिका लागि गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परागत प्रचलन रहेको छ ।

हिन्दुधर्म अनुसार गाईजात्रा पर्वका बारेमा पद्मपुराणमा उल्लेख गरेको पाइन्छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख छ । वर्षभरि दिवंगत आफन्तले मोक्ष पाउन भन्ने कामनाका साथ गाईलाई नगर परिक्रमा गराइ आज गाईजात्रा पर्व मनाइँदैछ । प्रत्येक भाद्र कृष्णप्रतिपदाका दिन यो पर्व मनाइने गरिन्छ ।

यो नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व हो । पर्वका अवसरमा गाइ पाल्नेहरुले गाइलाइ घुमाएर नगर परिक्रमा गर्छन । केहीले जोगीको भेष धारण गरेर रंगिविरगी कपडा मुकुण्डो, पेरुङगो, टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजा सहित नगर परिक्रमा गरिन्छ ।

नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा खानेकुरा बाँडिन्छ । पछिल्लो समय मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरी पर्व मनाउन थालिएको छ । शहरमा बर्षभरी कतिले आफन्त गुमाए, कति जनालाई शोक प¥यो भनेर देखाउन यो जात्रा निकाल्ने गरिएको विश्वास गरिन्छ । गाइजात्रा उपत्यकाका तीन शहर काठमाडौं, ललितपुर, भक्तपुरका साथै बनेपा, त्रिशुली, धादिङ, दोलखा, ओखलढुंगा, खोटाङ, भोजपुर, संखुवासभाको चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौडा र पोखरा लगायतका शहरमा पनि यो पर्व मनाइन्छ ।

About The Author

अन्य समाचारहरु: