Mon. Oct 28th, 2024

व्यक्तिगत घटना दर्ता सम्बन्धी नीलकण्ठ नगरपालिकाको सूचना !

क. व्यक्तिगत घटना दर्ता भनेको के हो ?
मानिसको जीवनमा हुने व्यक्तिगत घटनालाई वडा कार्यालयमा रहेको स्थानीय पञ्जिकाधिकारी समक्ष गै दर्ता गराई प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।

ख. घटना दर्ता कति प्रकारका हुन्छन् ?
घटना दर्ता ५ प्रकारका हुन्छन् । ती हुन् जन्म, विवाह, बसाइँसराइ, सम्बन्धविच्छेद र मृत्यु ।

ग. स्थानीय पञ्जिकाधिकारी भनेको को हो ?
वडा सचिव वा वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारीको सहमतिमा प्रमुख प्रशासकीय अधिकृतले तोकेको स्थानीय तहको कर्मचारीलाई स्थानीय पञ्जिकाधिकारी भन्छन् ।

घ. जन्म दर्ताको प्रमाणपत्र कहाँ कसरी बनाउने ?
जन्म भएको मितिले ३५ दिन भित्र सम्बन्धित गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतको वडा कार्यालयमा गै बनाउन सकिन्छ ।

ङ. विवाह दर्ता प्रमाणपत्र कसरी कहाँनेर कति दिन भित्र बनाउने ?
विवाह भएको ३५ दिन भित्र सम्बन्धित वडा कार्यालय, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा गै बनाउन सकिन्छ ।

च. सम्बन्धविच्छेदको प्रमाणपत्र कहाँ कसरी बनाउने ?
सम्बन्धविच्छेदको प्रमाणपत्र पति वा पत्नीले आफू बसोबास गरेको सम्बन्धित वडा कार्यालय, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकमा गै बनाउन सकिन्छ ।

छ. बसाइँसराइको प्रमाणपत्र कसरी बनाउने ?
बसाइँसराइ गर्ने व्यक्तिले सम्बन्धित वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा गै बनाउन सकिन्छ ।

ज. मृत्यु दर्ता चाहिँ किन गर्नुपर्ने नि ?
मृतकको मृत्यु सम्बन्धि कानुनी प्रमाण नै मृत्यु दर्ता प्रमाणपत्र हो । मृत्यु दर्ता गरेपछि मृतकसँगको आफ्नो नाता सम्बन्ध प्रमाणित गर्न सजिलो हुन्छ । सोही नाता प्रमाणितका आधारमा सम्पत्ति नामसारीरहस्तान्तरण लगायतका हक अधिकार हस्तान्तरण गर्न सकिन्छ । मृत्युु र जनसंख्या सम्बन्धि तथ्यांक तयार पार्न तथा झुठा कामकारबाही नियन्त्रणका लागि समेत मृत्युु दर्ता गराउन आवश्यक छ ।

झ. ३५ दिनभित्र घटना दर्ता गरिएन भने त्यसपछि हुँदैन त ?
३५ दिनभित्र घटना दर्ता नगरेपछि पनि गर्न पाईन्छ तर जरिवाना तिर्नुपर्छ ।

नीलकण्ठ नगरपालिकाको कार्यालय, धादिङ

About The Author

अन्य समाचारहरु: