Thu. Jul 4th, 2024

टी-२० विश्वकप: उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने

काठमाडौं– वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन्। फाइनल खेल शनिबार हुनेछ।

बिहीबार राति भएको सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले हराएसँगै उसले दक्षिण अफ्रिकासँगको भेट पक्का भएको हो। १७२ रनको लक्ष्य पाएको इङ्ल्यान्ड १६.४ ओभरमा १०३ रनमा अलआउट भएको थियो। भारतका अक्सर पटेल र कुलदीप यादवले ३/३ तथा जसप्रित बुमराहले २ विकेट लिए ।

इङ्ल्यान्डका लागि ह्यारि ब्रुकले २५, जोस बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाए । फिल साल्टले ५, मोइन अलीले ८ र साम करनले २ रन बनाए भने जोनी बेयरस्टले खाता खोल्न सकेनन् । लायम लिभिङ्स्टनले पनि १ रन मात्र जोड्न सके ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले २० ‌ओभरमा ७ विकेट गुमाएर १७१ रन जोडेको थियो । कप्तान रोहित शर्माले ५७ र सूर्यकुमार यादवले ४७ रन बनाए । हार्दिक पान्ड्याले २३, रविन्द्र जडेजाले १७ र अक्सर पटेलले १० रन जोडे ।

About The Author

Loading...

अन्य समाचारहरु: