
धादिङ– धादिङको उत्तरी क्षेत्रमा पर्ने विकट गाउँ तिप्लिङ आउजाउ गर्ने सडक पहिरोले अवरुद्ध बनेको छ । रुवीभ्याली गाउँपालिका-४ लिस्नेखोलामा पहिरो खस्दा धादिङबेसी तिप्लिङ सडक अवरुद्ध बनेको हो ।
वर्षातका कारण खसेको पहिरो पार गर्न नसक्दा बिहान करिव ७ बजेदेखि रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङ चढेको जिपसहित सवारी साधन रोकिएको छ । सदरमुकाम धादिङबेसीबाट धादिङको सबैभन्दा बिकट वस्ती तिप्लिङ पुग्ने र सदरमुकाम झर्ने यात्रुहरु अलपत्रमा परेका छन् ।
रोकिएका सवारी साधनहरु अगाडि जान पनि सकेको छैन भने पछाडि फर्किएर बोराङ जान पनि सकेको छैनन । अवरुद्ध सडक खुलाउन डोजर लैजाने प्रयास भईरहेको रुवीभ्याली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजाराम खतिवडाले जानकारी दिए।
खच्चडको सहायताले इन्धन ढुवानी गरि डोजरमा हाल्ने र पहिरो पन्छाउन डोजर लगिने प्रयास भइरहेको पनि उनले जानकारी दिए।
