Sun. Mar 9th, 2025

करेन्ट लागेर वीरगञ्जमा आमा छोराको मृत्यु

ElectricalSafety
११ भदौ, वीरगञ्ज – वीरगञ्ज उपमहानगरपालिका-९ रामटोलमा शुक्रबार करेन्ट लागेर आमाछोराको मृत्यु भएको छ । फलामको पाइपले बिजुलीको तारमा छुँदा करेन्ट लागेको हो ।

करेन्ट लागेर ४० बर्षीया आमा सुनितादेवी सुल्तन मिया र १७ बर्षीय छोरा हर्षित सुल्तन मियाको मृत्यु भएको हो ।

हषिर्त सुल्तनले घर नजिकैको नाला फलामको पाइपले सफा गर्ने क्रममा पाइपले बिजुलीको पोलको तारमा छुन जाँदा उनलाई करेन्ट लागेको थियो । छोरालाई छुटाउन गएकी आमालाई समेत करेन्ट लाग्दा दुवैजना गम्भीर घाइते भएका थिए ।

उनीहरुलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: