Fri. Mar 14th, 2025

सहयोगको बहानामा विदेशी नागरिकलाई ठमेलमा ठगी

काठमाडौं -सहयोगको बहाना बनाएर एक नेपालीले विदेशी नागरिकहरुलाई ठगी गरेको आरोप लागेको छ । शुभव तिवारी नाम बताउने नेपाली नागरिकले विदेशी नागरिकका साथै होटललाई समेत ठगी गरेको पीडितहरुले बताएका छन् ।

सहयोग गर्छु भन्दै ठमेलको होटल योगमा लगेर पाकिस्तानी र भारतीय नागरिकलाई रोखेको र उनीहरुबाट रकम लिएर होटललाई समेत नतिरी ठगी गरेको पीडितहरुको भनाइ छ ।

तिवारीले ठमेलस्थित होटल एण्ड स्पाको १९ हजार २ सयको बिल, होटल योगको ७ हजारको बिल बनाई विनय नाम बताउने भारतीय नागरिक, पाकिस्तानी नागरिक बकार मन्सुर अर्का भारतीय चेतन बर्माबाट १४ हजार रुपैयाँ लिएको तर होटललाई समेत नतिरी ठगी गरेको आरोप छ । यसबारे उनीहरुले प्रहरी वृत्त सोह्रखुट्टेमा समेत उजुरी दिएको बताएका छन् ।

About The Author

अन्य समाचारहरु: