Sun. Mar 16th, 2025

सिमेन्ट कम्पनीबाट अतिप्रभावितलाई घर उपहार

धादिङ-धादिङको बेनीघाट रोराङ गाँउपालिका–२ ताल्तीमा सञ्चालित ह्वासिन सिमेन्ट उद्योगले अतिप्रभावित ११ परिवारलाई घर बनाईदिएका छन्।

कम्पनी संचालनको क्रममा प्रभावित भएका मध्ये अति प्रभावित परिवारलाई कम्पनीले उपहार स्वरुप घर हस्तान्तरण गरेको हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जम्कटेलले घर अगाडी विरुवा रोपेर सिमेन्ट उद्योग र घर प्राप्त गर्ने वीच भएको सम्झौता पत्र हस्तान्तरण गरेका हुन् ।

नेपालमै ठुलो सिमेन्ट उद्योग दावी गरिएको ह्वासिनको चुन ढुंगा खानी उद्योगबाट एक किलोमिटर उत्तरमा पर्छ । चुन दुंगा खानीबाट अति प्रभावित भएका ११ परिवारलाई उद्योगले आफ्नै नाममा रहेको १२ रोपनी जग्गा सहित घर निर्माण गरिदिएको हो ।

आफु अनुकुल घर बनाउन चाहनेलाई उद्योगले प्रति घर निर्माण गर्न पाँच लाख रुपयाँ दुई किस्तामा दिएको छ । ‘केही घरहरु निर्माण भइसकेको छ । केही घर रंगरोगन गर्न बाँकी छ’, उद्योगका प्रतिनिधि तुलसी थापाले भन्नुभयो–‘उद्योगले घर बनाएर दिदाँ बस्नेलाई चित्त नबुझ्न सक्छ भनेर नगर दिने प्रवन्ध मिलाएका छौं, कम्पनीले जग्गा पास गरेर दिन नमिल्ने भएकाले ३० वर्षका लागि सम्झौता गरेका छौ ।’

अति प्रभावितहरुलाई तीन स्थानमा बसोवासको व्यवस्था मिलाइएको छ । विक्रम प्रजा, हुरेमा सुनिल चेपाङ, पूर्ण बहादुर प्रजा र सन्जय चेपाङलाई चिउरीटारमा व्यवस्थापन गरिएको छ । बुद्धिबहादुर तामाङ, सिंह बहादुर तामाङ, बुद्धिमान तामाङ, विसाल तामाङ, होम बहादुर प्रजा, मनराम प्रजा, लाल बहादुर चेपाङलाई उद्योग प्रवेशद्वार नजिकै मुल सडकमा घर बनाउने स्थान मिलाइएको छ । अतिप्रभावित सवै परिवारले ज्यालादारीमा उद्योगले काम पनि दिएको थापाले बताए । बेनीघाट रोराङ गाँउपालिका, गजुरी गाँउपालिका र सिद्धलेक गााउपालिकाका सय ५० जना भन्दा बढीले उद्योगमा राजगारी पाएका छन् ।

About The Author

अन्य समाचारहरु: