गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अगाडि नै विश्वासको मत लिने भएका छन् । पाण्डेले आगामी सोमबार (जेठ २८ गत) विश्वासको मत लिने तयारी गरेका हुन् ।
सर्वोच्च अदालतको परमादेशपछि पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । गण्डकीमा सरकार टिकाउन ३१ सांसदको समर्थन चाहिन्छ । तर, पाण्डेसँग कांग्रेसका २७ सांसदमा छन् ।
विश्वासको मत पाउन उनलाई थप चार सांसदको साथ चाहिन्छ । दुई सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० प्रतिपक्षमा छ । राप्रपाले समर्थन गरिहाले पनि अझै दुई सांसदको अभाव रहन्छ ।
विपक्षमा रहेको एमाले–माओवादी गठबन्धनले विश्वासको मत दिने सम्भावना छैन । अर्कातर्फ स्वतन्त्र सांसद दीपक मनाङे ९राजिव गुरुङ० पनि वर्तमान सरकारमा तत्काल नजाने बताइरहेका छन् ।
तत्काल विश्वासको मत पाउने सम्भावना नरहेपछि मुख्यमन्त्री पाण्डे बिहीबार काठमाडौं गएका थिए । काठमाडौंमा शीर्ष नेताहरूसँगको भेटपछि पाण्डेले विश्वासको मत लिने तयारी गरेका हुन् ।
जेठ १७ यता स्थगित गण्डकी प्रदेशसभा बैठक अब विश्वासको मत लिने समयमा नै खुल्ने देखिएको छ । अर्कातर्फ प्रदेशसभामा नीति तथा कार्यक्रम पनि पेस भएको छैन ।