धादिङ– नेपाल कम्युनिष्ट पार्टी एमाले नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा कमिटी अध्यक्षमा नन्द बहादुर गुरुङ निर्वाचित भएका छन् । वडा कमिटीको सोमबार सम्पन्न दोस्रो अधिवेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा विन्तिराज अधिकारी, सचिव सुमित्रा कंडेल(लम्साल), उपसचिवहरु रामशरण दुवाडी र पुजा लम्साल चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा कृष्ण प्रसाद रिजाल, कुल बहादुर परियार, शोविता खनाल, कल्पना लम्साल, डम्बर बहादुर गुरुङ, गीता परियार, विपिन लम्साल, धनदेवी गुरुङ, शुशिला गुरुङ, टुकमान खाती, कृष्ण बहादुर श्रेष्ठ, नर बहादुर लम्साल, मुन कुमार लम्साल, कमल नारायण श्रेष्ठ, पार्वती बराइली, शोभा दुवाडी रहेका छन् ।
यसै अवसरमा सरिता अधिकारीको अध्यक्षतामा अखिल नेपाल महिला संघ वडा कमिटी पनि गठन गरिएको छ ।
उद्घाटन समारोहको सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटी धादिङका सचिव राधिका सापकोटाले २०८४ मा नेकपा एमाले धादिङमा पहिलो पार्टी बन्ने बताएकी छिन् । ‘मिशन चौरासी सफल पार्न संगठनलाई सुदृढ बनाउनु पर्छ । त्यसको लागि नेतृत्वदायी भुमिका आवश्यक छ । चौरासीमा एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन’ उनले भनिन् ।
कार्यक्रममा नगर कमिटी इन्चार्ज बेनी पाठक र नीलकण्ठ नगरपालिका नगर कमिटीका अध्यक्ष काजी श्रेष्ठले मिशन चौरासी सफल पार्न अहिलेदेखि संगठन सुदृढ बनाएर लैजानुपर्ने बताएका छन् । पार्टीका सबै संयन्त्र एकजुुट भएर लाग्नु पर्नेमा उनीहरुले जोड दिएका छन् ।