Tue. Nov 26th, 2024

गरिब विद्यार्थीलाई सहयोग गर्न नीलकण्ठ बालमन्दिरमा १० लाखको अक्षय कोष

धादिङ -गरिब तथा जेहेन्दार विद्यार्थीको लागि सहयोग गर्न नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा १० लाखको अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा अध्ययनरत अति गरिब र जेहेन्दार विद्यार्थीहरुका लागि कापि कलम लगायत र्शैक्षिक सामाग्री खरिदमा सहयोग पु¥याउने उद्देश्यले नीलकण्ठ मावि पूर्व विद्यार्थी समाजले कोष स्थापना गरिदिएका हुन् ।

विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर अक्षयकोष स्थापना गरिएको समाजका अध्यक्ष डाक्टर सुर्य प्रसाद अधिकारीले जानकारी दिए । विद्यार्थी रकमको अभावमा गुणस्तरीय शिक्षा लिनबाट बन्चीत हुनबाट रोक्ने र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्यन गर्न सहयोग गर्ने उद्धेश्यले अक्षय कोषको स्थापना गरिएको अध्यक्ष अधिकारीले बताए ।

समाजले विद्यालय हाता भित्र आएका अभिभावकहरुलाई बस्न सहजहोस भनि सुविधा सम्पन्न अभिभावक प्रतिक्षालय निर्माण गर्ने समेत घोषणा गरेको छ । विद्यालयमा विद्यार्थीको शैक्षिक अवस्था बुझ्न देखि विबिध काम लिएर आउने अभिभावकलाई बस्न सहज होस भनि प्रतिक्षालय निर्माण गर्न लागीएको बताईएको छ । १० लाख बाट सुरु गरिने अक्षय कोषलाई बढाउदै लैजाने समाजले योजना बनाएको छ ।

सेवामूलक भावनाले पूर्व विधार्थीहरूको नामबाट विद्यालयमा शैक्षिक उन्नयनमा सहयोग गर्ने उद्धेश्यले २०७७ सालमा स्थापना भएको नीलकण्ठ माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले यो समाज विना राजनैतिक र विना नाफामुखि भएको भन्दै विद्यालयका पुर्व विद्यार्थीहरुलाई कोष निर्माण देखि प्रतिक्षालय निर्माणमा स्वईच्छाले सहयोग गर्न समेत आह्वान गरेको छ ।

About The Author

अन्य समाचारहरु: