धादिङ– नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एमाले सहभागी भएको सत्ता समिकरणले ल्याएको बजेट पास गर्ने बताएका छन् ।
नेकपा एमाले गल्छी गाउँपलिका कमिटिको दोश्रो अधिवेशनको गल्छीमा उद्घाटन गर्दै एमाले उपमहासचिव रिमालले बजेट पूर्ण नभएपनि जनताको पक्षमा काम गर्न सकिने खालको भएको र एमाले सहभागि भएर बजेट ल्याएकोले यसलाई संसदले पास गर्ने बताए ।
अहिलेको सत्ता समिकरण बामपन्थीहरुको भएको र यसले समाजवादको आधार समेत तय गर्दै अघि बढ्नु पर्ने भएकोले सत्ता समिकरण ०८४ सम्मै चल्ने बताउँदै रिमालले बर्तमान सरकारले जनताको पक्षमा प्रगतिशिल सुधारका कार्यक्रमहरु गर्दै अघि बढ्ने बताए ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले एमालेको बलियो संगठन र जनताको लागि गरिने कार्यक्रमले गर्दा विपक्षीहरु आत्तिएकोले मिसन ०८४ अन्तरगत गल्छी गाउँपालिका एमालेमय हुने विश्वस व्यक्त गरे ।
नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले गल्छीमा कुनैपनि ताकतले एमालेलाई रोक्न नसक्ने बताउँदै एमालेले सुरु गरेका विकासका कार्यक्रम पुरा गर्न एमालेले मात्र सक्ने बताए ।