Sun. Mar 9th, 2025

मधेसी मोर्चाद्धारा एमाले पार्टी कार्यालयमा आगजनी

uml party aagani
रौतहट – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार दिउँसो एमाले जिल्ला पार्टी कार्यालय रौतहटमा आगजनी गरेका छन् ।

मोर्चाका कार्यकर्ताले गौर नगरपालिका–८ बालमन्दिर नजिके रहेको एमाले पार्टी कार्यालयको झ्याल खोली बोत्तलबाट मट्टीतेल छर्केर अध्यक्षको कार्यकक्षमा आगो लगाएका हुन् ।

आगजनीबाट कुर्सी, टेलव लगायतका समान नष्ट भएको छ । आगजनी गर्नेहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आगजनी भएपछि एमालेका रौतहट जिल्ला अध्यक्ष कमल राय यादवले बिज्ञप्ती निकाली घटनाका संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

About The Author

अन्य समाचारहरु: