धादिङ– नेकपा एमालेले आज देशभर मदन–आश्रित स्मृति सभा गर्दैछ ।
३१ औं मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले धादिङले धादिङबेसी मदन आश्रित स्मृति सभाकाे आयाेजना गरेकाे छ । सभालाई नेकपा एमालेका केन्द्रीय अनुसासन आयाेगका अध्यक्ष केशव बडालले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
दिउँसो १२:३० बजे आयोजना गरिएको स्मृति सभामा धादिङका नेता कार्यकर्ता सहभागी रहनेछन् ।देशभरकै कमिटीहरुले मदन भण्डारी र जिवराज आश्रितको स्मृतिमा विचारगोष्ठी, वृक्षरोपण, पुष्पमाला अर्पणलगायत गतिविधि गर्दैछ ।
केन्द्रीय कार्यालयले गर्ने स्मृति सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बल्खु जाने भएका छन् ।