काठमाण्डौ – उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्षसमेत रहेका यादवले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।
वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले राजीनामा दिएको यादवले बताउनुभयो । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री दीपक कार्कीले पनि आजै पदबाट राजीनामा दिएका हुन्। जसपा राजनीतिक समिति सदस्यसमेत रहेका उनलेआजै राजीनामा बुझाएका हुन् ।
मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिएलगत्तै जसपा नेपाल सङ्घीय सरकारबाट फिर्ता भएको हो । जसपा नेपालले नेतृत्व गरेको मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले हिजो समर्थन फिर्ता लिएका हुन् । मधेशमा अब एमाले, माओवादी केन्द्र, जनमत र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर सरकार बनाउने सहमति भएको छ ।