काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको चूनौति स्वीकार रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफू रवि लामिछानेको प्रस्तावअनुसार राजनीति दाउमा लगाउन तयार रहेको बताएका हुन् ।
‘मैले किर्ते गरेको कुरा होईन, मैले कुनै लोन माग्नको लागि, निवेदन दिएर मैले ऋण मागेको प्रमाण छ भन्नुभएको छ उहाँले, त्यो प्रमाण उहाँले दिनुभयो भने म राजनीति छोडिदिन्छु । त्यो प्रमाण उहाँले दिनुभएन भने उहाँले राजनीति छोड्नुपर्ने हुन्छ,’– गृहमन्त्री लामिछानेले संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग भनेका थिए ।
उपप्रधान एवं गृहमन्त्री लामिछानेले राखेको प्रस्ताव जानकारी गराउँदै सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले आफू राजनीति छाड्न तयार रहेको बताए । उनले संसदीय समिति बनाएर उक्त प्रकरणमा आफूलाई मात्रै नभएर सिङ्गो कांग्रेसलाई गलत सावित गराएर देखाउनसमेत चूनौति दिए ।