धादिङ– नेकपा एमाले नीलकण्ठ नगरकमिटिको अध्यक्ष पदमा काजी श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् । यहि बैशाख २४ र २५ गते सदरमुकाम धादिङबेसीमा हुने अधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
अनेरास्वियु देखि युवा संघ धादिङको सचिव, संयोजक, युुवा संघको केन्द्रिय सदस्य हुँदै पार्टीको जिल्ला कमिटि सदस्य समेत रहेका श्रेष्ठ २ दशक भन्दा लामो समयदेखि नेकपा एमालेमा क्रियाशिल रहेका छन् । यतिबेला अधिवेशनको तयारी तिब्र पारिएको छ ।
नगरको सबै वडाबाट प्रतिनिधि छनोट भईसकिएको नेकपा एमाले नीलकण्ठ नगर ईन्चार्ज बेनी पाठकले जानकारी दिए । अधिवेशनमा सबै वडा, जनवर्गिय संगठन, सम्पर्क मञ्च र आयोजक गरि २ सय १५ भन्दा बढि प्रतिनिधिहरुको उपस्थिति रहने ईन्चार्ज पाठकले बताए ।