Sun. Mar 9th, 2025

धादिङको सल्यानकोटमा ट्रक दुर्घटना, १ को मृत्यु ५ घाइते

९ भदौ, धादिङ  – धादिङको सल्यानकोट गाँउ विकास समितिको चिसापानीमा मंगलबार राती ट्रक दुर्घटना हुँदा १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

धादिङवेसीबाट मुलपानीतर्फ जादै गरेको बा २ ख ४०४५ नम्वरको ट्रक गएराती १० बजेतिर सल्यानकोट गाउँ विकास समितिको वडा नं ४ चिसापानीमा सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी फुलखर्क २ का अशोक विश्वकर्माको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परी गुना कुमारी विश्वकर्मा, चेत बहादुर विश्वकर्मा, सीमा विश्वकर्मा, मिलन राना र रामकाजी राना घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल धादिङवेसीमा उपचार भइरहेको छ । भिरालो बाटोमा चालक र सहचालक गाडीबाट ओर्लिएको बेलामा अचानक गाडी आँफै गुडेर दुर्घटना भएको बुझिएको छ । प्रयास नेपालद्वारा मुलपानीका विद्यालयमा निर्माण गर्दे गरेको अस्थायी सिकाइ केन्द्रका लागि जस्तापाता लैजादै गर्दा ट्रक दुर्घटना भएको सल्यानकोटबाट सिताराम सापकोटाले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: