काठमाडौँ – निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत्त आयोजनाका लागि भित्राइएका मुख्य उपकरणहरु १ महिनादेखि वीरगन्जका सडकमा अलपत्र परेका छन् । भारतको भोपालबाट ल्याइएका उपकरणहरु अहिले पनि सिर्सिया ड्राइपोर्ट नजिकैको सडकमा थन्किएका छन् ।
५ सय टन वजन बोक्न सक्ने २ वटा ठूला मालबाहक एक्सल ९ट्रक०मा रहेका यी उपकरण कुमार ट्रान्सपोर्ट सर्भिस नयाँ दिल्लीमार्फत ल्याइएको हो । एउटै एक्सलको लरीमा ९० चक्का छन् । वैशाख १२ को बिनासकारी भूकम्पपछि आयोजनास्थल दोलखाको गोंगर पुग्ने बाटो ठाउँठाउँमा बिग्रिएको र आयोजनास्थल पुग्ने केही पुल साँघुरो भएकाले गाडी बाटैमा रोकिएका हुन् । यी गाडी त्यहाँसम्म पुग्न सम्भव नभएकाले १ महिनादेखि वीरगन्जमै थन्किएका छन् । कारोबार दैनिकबाट