Wed. Feb 5th, 2025

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोली घोषणा

काठमाडौं – वेस्ट इन्डिज ‘ए’ सँगको ट्वान्टी–२० शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज रोहितकुमार पौडेलको कप्तानीमा पाँच खेलको शृंखलाका खेल्न १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

ट्वान्टी–२० विश्वकपको तयारीका लागि नेपालले यो शृंखला खेल्न लागेको हो । किर्तीपुरस्थित त्रिवि मैदानमा शनिबारदेखि सुरु हुने शृंखलामा ब्याटर आरिफले पुनरागमन गरेका हुन् । वेस्ट इन्डिजको टोली बुधबार नै नेपाल आइसकेको छ । यो टोली इतिहासमै पहिलो पटक नेपाल आएको हो ।

About The Author

अन्य समाचारहरु: