काठमाण्डौ – नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन काठमाण्डौमा हुने भएको छ । विश्वव्यापीरूपमा संस्कृतप्रतिको रुचि र सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा संस्कृतको प्रभावको अन्वेषणका लागि छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।
नीति अनुसन्धान प्रतिष्ठान, नेपाल ९नेनाप०, केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँदिल्ली र इन्डिया फाउन्डेशन, नयाँदिल्लीको संयुक्त आयोजनामा यही चैत १४ देखि १६ गतेसम्म काठमाण्डौमा सम्मेलन आयोजना गर्न लागिएको हो ।
आजको विश्वले संस्कृतलाई अध्ययनको विषय बनाउन थालेका सन्दर्भमा सम्मेलनमा छलफल हुने आयोजक समितिका संयोजक डा।प्रेमराज न्यौपानेले जानकारी दिए । नेपाल–भारत संस्कृत सम्मेलन यसअघि पनि नेपालमा भएको थियो ।
नेपालमा वि।सं।२०२४ मा पहिलो पटक दाङमा नेपाल–भारत संस्कृत सम्मेलन गरिएको थियो । त्यस सम्मेलनले नेपालमा संस्कृत विश्वविद्यालय स्थापना गरिनुपर्ने घोषणापत्र जारी गरेको थियो ।