Tue. Nov 26th, 2024

चीनमा पढ्ने डाक्टरको बिजोग

unifurm f doctor

काठमाडौं– सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्न चीन गएका विद्यार्थी सरकारी लापरबाही र समन्वय अभावले अलपत्र परेका छन्।

शिक्षा मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धामा छानिएर चीनको तोङ्जी विश्वविद्यालयमा पढ्न गएका विद्यार्थी अध्ययन सकेर आएको १३ महिनासम्म पनि नेपाल मेडिकल काउन्सिलको परीक्षामा सामेल हुन पाएका छैनन्।पाँच वर्षको अध्ययन सकेर नेपाल फर्किएका विद्यार्थीलाई काउन्सिलले पढाइको अवधि नपुगेको भन्दै पुनः अध्ययनका लागि चीन जान सुझाव दिएको छ।

चीनमा ६ महिना पुनः इन्टर्नसिप गरेर आएपछि काउन्सिलले लाइसेन्स परीक्षामा सहभागी गराउने जनाएको छ। उक्त विश्वविद्यालयले भने विद्यार्थीलाई अध्ययन पूरा गरिसकेको सम्पूर्ण प्रमाणपत्र दिएर पठाइसकेको छ। विद्यार्थीले विश्वविद्यालयबाट दिइएका शैक्षिक प्रमाणपत्र तथा इन्टर्नसिप गरेको प्रमाणसमेत अन्नपूर्णलाई उपलब्ध गराएका छन्।

‘हामीलाई विश्वविद्यालयले पढाइसकेको सबै प्रमाणपत्र र आवश्यक कागजात दिएको छ। अब हामी कहाँ गएर किन इन्टर्नसिप गर्नेरुु पीडित विद्यार्थीमध्येकी एक श्रद्धा चुडालले भनिन्, ‘पढाइ सकेर फर्किएको विश्वविद्यालयमा फेरि कसरी इन्टर्नसिपमा जाने हो रु इन्टर्नसिपको प्रमाणपत्र पनि दिइसकेको छ।ु

मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको समन्वयमै सरकारले विश्वविद्यालय छनोट गरी पाँच वर्षका लागि विद्यार्थी चीन पठाएको हो। अर्की पीडित विद्यार्थी वन्दना अधिकारीले अध्ययनका लागि चीन गइसकेपछि बनाइएको नियम आफूहरूलाई लागू नहुने बताइन्।  उनले भनिन्, ‘हामी पढ्न जाँदा जेजे नियम र प्रावधान थिए, सबै पूरा गरेका छौं।ु काउन्सिलले सन् २००८ जुलाई १६ देखि लाइसेन्सको परीक्षामा सामेल हुनका लागि नयाँ निर्देशिका ल्याएको थियो। नयाँ निर्देशिकामा पढाइको अवधि साढे पाँच वर्ष हुनुपर्ने उल्लेख छ। तर यी विद्यार्थी यो निर्देशिका आउनुअघि नै चीन गएका हुन्।

समस्या भोगिरहेका नेपाली विद्यार्थीसँगै उक्त विश्वविद्यालयमा पढाइ सकेर फर्किएका बंगलादेश, भुटान र श्रीलंकाली विद्यार्थीले भने मेडिकल अभ्यास थालिसकेका छन्।नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटाले भने चीनबाट फर्किएका विद्यार्थीले इन्टर्नसिप नै नगरेको दाबी गरे। उनले भने, ‘हाम्रो निर्देशिकाअनुसार इन्टर्नसिप गरेको भेटिएन । यो प्रमाणपत्र हामी मान्दैनौं।ु बास्कोटाले थप एक वर्ष चिनियाँ विश्वविद्यालयमै इन्टर्नसिप गर्नुको विकल्प नभएको तर्क गरे।

लामो समयदेखि विद्यार्थीले समस्या झेलेपछि मन्त्रिपरिषद्ले समेत तत्कालका लागि नेपालमै इन्टर्नसिपको व्यवस्था मिलाउन काउन्सिललाई निर्देशन दिएको थियो। तर काउन्सिलले त्यो निर्देशनसमेत मानेको छैन । काउन्सिलका अध्यक्ष बास्कोटाले भने, ‘विद्यार्थीलाई इन्टर्नसिप गर्न देऊ भनेर मन्त्रिपरिषद्ले गरेको निर्णय षड्यन्त्रमूलक छ।
अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: