Tue. Nov 26th, 2024

कर्णाली प्रदेशमा जडीबुटी निर्यातबाट दुई करोड ९४ लाख रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – कर्णाली प्रदेशबाट ३२ हजार किलो जडीबुटी निकासी भएको छ । प्रदेश वन निर्देशनालयका अनुसार गएको आर्थिक वर्ष २०७९र८० मा जडीबुटी निर्यातबाट दुई करोड ९४ लाख राजस्व सङ्कलन भएको छ ।

प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात हुने गरेको निर्देशक ललितकुमार कर्णले जानकारी दिए । उनका अनुसार कर्णालीमा ७९ प्रकारका विभिन्न बहुमूल्य जडीबुटी पाइन्छन् । जडीबुटीबाहेक वन क्षेत्रका काठ–दाउरा बिक्रीमार्फत पनि राजस्व आम्दानी हुने गरेको प्रदेश वन निर्देशनालयको तथ्याङ्क छ ।

कर्णालीमा पाइने जडीबुटीको उपयोग भने हुन नसकेको सरोकारवालाहरूले बताउँदै आएका छन् । औषधिजन्य जडीबुटीको प्रशोधन, अध्ययन तथा अनुसन्धान गरेर उत्पादित औषधिबाट बिरामीको उपचार गर्ने उद्देश्यले आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालयहरू सञ्चालन गरेका छन् ।

तर, दक्ष जनशक्ति र पूर्वाधारको अभावका कारण भएका औषधि बनाउने मेसिन पनि जीर्ण बन्न थालेका छन् ।

About The Author

अन्य समाचारहरु: