प्रथम पटक प्रकाशित मिति : २०७२।०५।०६
USAID को सहयोगमा Action Nepal ले सञ्चालन गर्न लागेको साझेदारी विकास परियोजनाको लागि निम्न गा.वि.स.हरुमा एक/एक जना सामाजिक परिचालक आवश्यक भएको हुनाले निम्न योग्यता पुगेका सम्बन्धित गा.वि.स.का इच्छुक व्यक्तिबाट प्रथम पटक सुचना प्रकाशित भएको मितिबाट ७ दिनभित्र आवेदन दिनुहुन अनुरोध गरिन्छ ।
परियोजना सञ्चालन हुने गा.वि.स.हरु
खाल्टे, कल्लेरी, कुम्पुर, जिवनपुर, छत्रेदेउराली, नौविसे, सल्यानटार, सल्यानकोट, मुलपानी, फुलखर्क, आगिन्चोक, मैदी, चैनपुर, ढोला, नलाङ, ज्यामरुङ, खरी र सलाङ
कार्य विवरण
– गा.वि.स, वडा तथा वस्ती स्तरमा कार्यक्रमको योजना तर्जुमा तथा कार्यान्वनय गर्न सहयोग गर्ने ।
– स्थानीय स्तरको विपद् योजना तर्जुमा गर्न आवश्यक वातावरण निर्माण गर्ने, सहयोग तथा समन्वय गर्ने ।
– साझेदारी विकास परियोजनाले संचालन गर्ने लघु आयोजनाहरु संचालन गर्न सहजिकरण गर्ने तथा, उपभोक्ता समिति र अनुगमन समिति गठन गर्न सहयोग गर्ने ।
– आयोजनाको सार्वजनिक परिक्षण तथा स्थानीय स्तरमा संचालन गरिने जवाफदेहिताका औजार प्रवर्धन गर्न सहयोग गर्ने ।
– घुम्ती शिविरहरु संचालन गर्न सहजिकरण गर्ने ।
न्युनतम योग्यता
– मान्यता प्राप्त शिक्षण संस्था वाट उच्च माध्यमिक तह (१२ कक्षा) वा सो सरह
– कम्प्युटर सम्वन्धी सामान्य ज्ञान भएको
– सहजीकरण तथा समुह परिचालन सम्वन्धी ज्ञान तथा सीप भएको
सम्पर्क ठेगाना
एक्सन नेपाल
नीलकण्ठ–३, सुगमटोल, धादिङ
इमेल : [email protected]