Wed. Nov 27th, 2024

तीन जना मन्त्रिसहित आजै मन्त्रिपरिषद् पुनर्गठन हुँदै, सपथका लागि राष्ट्रपति कार्यालयमा तयारी

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर नयाँ गठबन्धनबारे जानकारी दिँदै आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी गराएका हुन ।

उनले केही मन्त्रीहरुको नियुक्ति हुने भएकाले सपथ गराइदिन उनले आग्रह गरेको पनि उनको सचिवालयले जनाएको छ । बेलुकासम्म मन्त्रीहरुको नाम पठाउने प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

उनले अहिले कांग्रेसको तर्फबाट बनेका सबै मन्त्रीहरुलाई हटाएको पनि जानकारी गराएका छन्। एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई आजै मन्त्री बनाउने तयारी छ । राष्ट्रपति कार्यालयले सपथ ग्रहणका लागि तयारी अवस्थमा रहेको जनाएको छ ।

यसैबीच नयाँ गठबन्धनले मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव रहेका रहेको छ । कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुङ्गो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने छ ।

यसैबीच सत्ता गठबन्धन भत्किएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ । सभापति देउवाले भोलि दिउँसो तीन बजे बुढानीलकण्ठमा रहेको आफ्नै निवासमा बैठक बोलाएका हुन ।

About The Author

अन्य समाचारहरु: