Fri. Jan 31st, 2025

नेपाल ‘ए’ले क्यानडालाई १८२ को लक्ष्य दियो

काठमाडौं -एकदिवसीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपाल ‘ए’ले क्यानडालाई जितका लागि १८२ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज क्यानडा–११ का कप्तान साद बिन जफरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४७ ओभरमा १ सय ८१ रन बनाउँदा नेपाल अलआउट भयो ।

सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ टोलीका आज ४ खेलाडी परिवर्तन भएका छन् । मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन्। आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जिसी टोलीमा अटाएका छन् ।

About The Author

अन्य समाचारहरु: