Wed. Nov 27th, 2024

एमाले धादिङको नवौं अधिवेशन: साढे आठ बजेसम्म मनोनयन दर्ता, बुधबार मतदान !

धादिङ – नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार मंगलबार साढे चार बजे ५ सय ७८ जना प्रतिनिधिको मतदाता नामावली प्रकाशन गरेको छ । मतदाता नामावली उपर दावी विरोध, सुधार, छानविन र अन्तिम नामावली प्रकाशनको समय साँझ ६ बजेसम्मलाई तोकिएको छ ।

कार्यतालिका अनुसार साँझ ६:३० बजेदेखि ८:०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । ८:३० बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।

बुधबार बिहान उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरी उपर छानविन र निर्णय, उम्मेदवारीको उम्मेदवारी नामावली पुन:प्रकाशन, उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगायतको काम सकेर दिउँसो साढे १ बजेबाट मतदानको प्रक्रिया सुरु हुने प्रमुख निर्वाचन अधिकृत विश्वराज अधिकारीले जानकारी दिए ।

गत माघ १९ गते औपचारिक उद्घाटनसत्र सकेर बन्दसत्र सुरु हुँदै गर्दा आन्तरिक विवादका कारण स्थगित भएको बन्दसत्र आजबाट पुनः संचालनमा ल्याइएको हो ।

बन्दसत्रको अध्यक्ष मण्डल, प्रतिनिधि छनौट, प्रतिनिधि छनौटको विधि र प्रक्रिया लगायत विवादित बनेका विषयमा दुुबैपक्षबीच सहमति जुटेपछि बन्दसत्र सुरु भएको केन्द्रिय संगठन विभागका सचिव माधव ढुंगेलले बताए । नेकपा एमाले धादिङको बन्द सत्रले आगामी कार्याकालका लागि १ सय ५ सदसीय नयाँ नेतृत्व चयन गर्नेछ ।

About The Author

अन्य समाचारहरु: