Wed. Nov 27th, 2024

केपी ओली समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता :पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेताको रूपमा चित्रण गरेकी छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक समारोहबीच ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उनले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रूपमा रहन सक्ने नेता भएको बताइन् । ओलीले संसदमा गरेका भाषणहरु पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

यो पुस्तकले नेपाली संसदको इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिकासमेत उजागर गरेको भण्डारीले बताएकी छन् । पूर्वराष्ट्रपति भण्डारीले सो पुस्तकलाई आम नेपालीको साझा सम्पतिको रूपमा रहेको भन्दै त्यसले भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्नसक्ने उल्लेख गरिन् ।

About The Author

अन्य समाचारहरु: