महिनावारी पीडाको आफ्नै कथा–व्यथा हुन्छ । त्यस बेला हुने रक्तस्रावले महिलालाई असजिलो बनाउँछ । कार्यालयमा काममा व्यस्त हुँदा, विद्यालयमा पढिरहेको बेला, बजारमा किनमेल गरिरहेको बेला, घुमफिर गरिरहेको बेला जहाँ पनि जहिले पनि महिनावारी हुन सक्छ ।
यस्तो बेला आफूसँग जगेडा प्याड ९सेनिटरी प्याड वा कपडा० नहुन सक्छ । प्याड भएपनि रगत चुहिने भय रहन्छ । कतै रगत छिचोलेर लुगामा त लागेन रु भन्ने चिन्ताले सताइरहन्छ ।
यस्तै हुन्थ्यो २३ वर्षीया दिलिशा श्रेष्ठलाई पनि ।
महिनावारीको बेला रक्तश्राव अत्यधिक हुन्थ्यो । प्याड धेरै चाहिन्थ्यो । यसरी धेरै पटक प्याड परिवर्तन गर्दा छाला पासिने र यौनाङ्ग चिलाउने हुन्थ्यो । कति पटक त प्याडमा रगत छिचोलेर कपडामा लाग्थ्यो तर यसको उपाय के छ भन्नेमा कुनै मेलोमेसो पाइरहेकी थिइनन् ।
आफैंले हरेक महिना खेप्नुपर्ने सास्तीबाट कसरी मुक्ति पाउने भनेर उनी घोत्लिन थालिन् । यही क्रममा उनले थाहा पाइन्, अमेरिका, बेलायत र युरोपेली मुलुकहरुमा प्याडको विकल्पमा महिनावारी पेन्टी बढी प्रयोग हुँदोरहेछ ।
कोरोना महाव्याधिसँगै देश ठप्प भयो । मान्छेहरु घरभित्रै थुनिए । यही प्रतिकूलतालाई अवसरमा बदलिन् दिलिशाले ।
महिनावारी पेन्टी के हो रु कसरी बन्छ रु कति उपयोगी हुन्छ रु उनले यसबारे अनेक पाटोबाट खोज्ने, बुझ्ने प्रयास गरिन् ।
काठमाडौं महानगरपालिका र यूएनडीपीको सहकार्यमा ‘हाम्रो काठमाडौं हामी बनाउँछौं’ भन्ने अभियान अन्तर्गत ‘काठमाडौं इम्प्याक्ट हब’ले । नयाँ अवधारणाको साथ व्यवसाय गर्न चाहने युवाहरूलाई प्रशिक्षण दिनका लागि आवेदन माग गरेको रहेछ । उनले त्यो आवेदन भरिन् ।
कलेजको बिदाको समय मिलाएर उनी रारा घुम्न गएकी थिइन् । रारामै हुँदा उनलाई फोन आयो । उनले नयाँ व्यवसाय सुरु गर्न परीक्षणका लागि भरेको आवेदनमा २५ जनाभित्रमा उनी चुनिइन् र भोलिपल्ट दिउँसोबाट नै प्रशिक्षण सुरु हुने कुरा थाहा पाइन् ।
उनी त्यसमा भाग लिनका लागि भोलिपल्ट बिहानै काठमाडौं आइपुगिन । तीन महिनाको प्रशिक्षणमा सहभागी भइन् । उनको त्यो महिनावारी पेन्टी बनाउने अवधारणा उत्कृष्ट १० भित्र पर्यो र उनले पुरस्कारस्वरूप पाँच लाख रुपैयाँ समेत पाइन् । त्यसले उनको हौसला झन् बढ्यो ।
अब उनले महिनावारी पेन्टी उत्पादन गर्ने कम्पनी खोल्ने निर्णय गरिन् । पाँच लाखको लगानीबाट उत्पादन गर्न सम्भव थिएन । त्यसैले उनले आफ्ना आइडिया केही साथीलाई सेयर गरिन् । उनको चार जना साथीलाई पनि उनको यो आइडिया मनपर्यो र उनीहरूले पनि पाँच(पाँच लाख रुपैयाँ लगानी गरे र २० लाखको लगानीमा सुरु भयो ‘फ्लोयी’ ।
धेरै महिलाले बढी रक्तस्राव भयो भन्दा ‘हेभी फ्लो भयो’ भन्ने गर्छन् । ‘हेभी फ्लो’ भएर कपडामा लाग्छ भन्ने चिन्तालाई भुलेर फ्लोयीको महिनावारी पेन्टी लगाएर त्यो रगतलाई आरामले बग्न दिनुस्, कपडामा लाग्ने डर हुँदैन भन्ने मनसायको साथ ब्रान्डको नाम ‘फ्लोयी’ राखेको दिलिशा सुनाउँछिन् ।
दिलिशाको महिनावारी व्यथाले गर्दा जन्मियो फ्लोयी
पेन्टी बनाउन आवश्यक पर्ने कच्चा पदार्थ नेपालमा नपाइने भएकाले चीनबाट कच्चा पदार्थ ल्याएर उनले र उनको टिमले उत्पादन सुरु गर्यो । २०७९ जेठ २७ गते फ्लोयी रजिस्टर भयो र २०७९ पुसबाट बिक्री पनि सुरु भयो ।
फ्लोयी सुरु हुनुअघि उनी नेपाली कपडाको म्यानुफ्याक्चर कम्पनीमा काम गर्थिन् । नेपालमा बनेका पश्मिनाजस्ता कपडा अन्य देशमा निर्यात गर्ने काम पनि गर्थिन् । स्नातक पढ्ने बेलामा कलेजको फी बुझाउनका लागि उनले त्यो काम सुरु गरेकी थिइन् । कपडा म्यानुफ्याक्चर गर्ने कम्पनीसँग कपडा लिएर उनले विदेशमा निर्यात गर्थिन् ।
फ्लोयी सुरु गर्नुभन्दा अघि पनि कपडाकै काम गरेको भएर उनलाई कपडाको गुणस्तरको बारेमा केही ज्ञान त थियो नै । जसले गर्दा उनलाई पिरियड पेन्टी बनाउन कस्तो कपडा प्रयोग गर्ने भनेर तय गर्न सजिलो भयो ।
एउटा सानो गोदामबाट सुरु भएको फ्लोयी साढे दुई तल्लामा फैलियो
फ्लोयीको उत्पादन त सुरु भयो । तर त्यसलाई बजार व्यवस्थापन गर्न उनले एउटा गोदाम भाडामा लिइन् । घरको डाइनिङ टेबल बोकेर ल्याइन् र त्यहीबाट उनीहरूले फ्लोयीलाई बेच्न सुरु गरिन् ।
नेपालको लागि यो पेन्टी नयाँ भएकाले कसरी मार्केटिङ गर्ने होला, ग्राहकहरूले रुचाउलान् कि नरुचाउलान् भन्ने दुविधा पनि भयो उनलाई । उनीहरूले सोसल मिडियामार्फत मार्केटिङ गरे । टिकटकमा भिडियो बनाएर राखे । त्यो भिडियो भाइरल भयो । एकै पटक ३०० वटा महिनावारी पेन्टीको अर्डर आयो ।
‘महिलाहरूले यो पेन्टीलाई यति धेरै रुचाए कि एकै जनाले चारदेखि ६ वटासम्म अर्डर गर्न थाले । एउटा गोदामबाट सुरु भएको फ्लोयी एक वर्षमा साढे दुई तल्लामा फैलिएको छ,’ उनी सुनाउँछिन् । अहिले दैनिक औसत २० वटा महिनावारी पेन्टी बिक्री हुन्छ । एउटा महिनावारी पेन्टीको मूल्य १२ सय रुपैयाँ हो । आजको दिनसम्ममा फ्लोयीले १० हजारवटा भन्दा बढी महिनावारी पेन्टी बेचिसकेको छ ।
सामुदायिक विद्यालयका छात्रालाई महिनावारी पेन्टी उपयुक्त
सरकारले सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका किशोरावस्थाका छात्रालाई महिनावारीका समयमा आवश्यक पर्ने स्यानिटरी प्याडको निःशुल्क वितरण गर्दै आएको छ । तर त्यो प्याड कत्तिको गुणस्तरीय छ, छात्राहरूका लागि कति उपयोगी छ भन्ने कुरामा भने खासै ध्यान नदिएको दिलिशा बताउँछिन् ।
उनी भन्छिन्, ‘धेरै रक्तस्राव हुने छात्राहरूका लागि त्यो प्याड पर्याप्त नहुन सक्छ । यस्तोमा उनीहरूलाई प्याडको सट्टा महिनावारी पेन्टी दिन सकियो भने त्यो बढी उपयुक्त हुन्छ होला ।’
‘फ्लोयीले नागार्जुनको श्री सीताराम माध्यमिक विद्यालयमा २०० वटा महिनावारी पेन्टी निःशुल्क वितरण गरेका थियौं । त्यसपछि ती छात्राहरूको प्रतिक्रिया पनि लिएका थियौं,’ दिलिशा भन्छिन्, ‘यो पेन्टी लगाउन एकदमै सजिलो र पुनस् प्रयोग पनि गर्न मिल्छ । त्यसैले उनीहरूलाई प्याडभन्दा महिनावारी पेन्टी उपयोगी भएको बताएको थिएँ ।’
वातावरण प्रदूषण कम गर्न पनि सहयोगी
प्रयोग भइसकेको महिनावारी प्याडको व्यवस्थापनमा उत्तिकै चुनौती छ । सामान्य तरिकाले जलाउन नसकिने, पानीको स्रोतमा पुगे पानी बन्द गर्ने, ढल निकास बन्द गर्ने तथा माटामा ५०० देखि ८०० वर्षसम्म पनि नकुहिने हुँदा प्याडले जमिन प्रदूषण गर्छ ।
अहिले संसारभर स्यानिटरी प्याडबाट महिलाको स्वास्थ्यमा हुनसक्ने तथा वातावरणमा पार्न सक्ने असर न्यूनीकरणबारे अध्ययन(अनुसन्धान र नयाँ प्रविधिको विकास भइरहेको छ । विकल्प खोजिन थालेका छन् । त्यही विकल्पको रूपमा हामीले महिनावारी पेन्टी बजारमा ल्याएको दिलिशा बताउँछिन् ।
‘प्याड प्रयोग गर्ने महिलाहरूलाई महिनावारी पेन्टी प्रयोग गराएर हामीले फोहोर व्यवस्थापनमा पनि सहयोग गरिरहेका छौं । साथै त्यसले वातावरणमा गर्ने प्रदूषणलाई पनि कम गरिरहेका छौं,’ उनी भन्छिन् ।
कसरी प्रयोग गर्ने ?
महिनावारी पेन्टी साँच्चै उपयोगी हुन्छ त रु यसले रगत सोस्छ त रु धोएर पुनस् प्रयोग गर्दा केही समस्या पो हुन्छ कि रु साइज कसरी थाहा पाउने लगायत विभिन्न प्रश्नहरू आउने गरेको दिलिशा सुनाउँछिन् ।
‘महिनावारी पेन्टीलाई धोएर पुनस् प्रयोग गर्न सकिन्छ । दुई वर्षसम्म यसलाई प्रयोग गर्न सकिन्छ । धेरै रगत सोस्न सक्ने क्षमता भएको यो महिनावारी पेन्टी बेम्बो कटनबाट बनेको हुन्छ, जुन एन्टिब्याटेरियल पनि हुन्छ,’ उनी भन्छिन्, ‘सामान्य रक्तस्राव हुन्छ भने आठदेखि १२ घण्टा यसको प्रयोग गर्न सकिन्छ । धेरै रक्तस्राव हुन्छ भने पाँचदेखि ६ घण्टा प्रयोग गर्न सकिन्छ ।’
फ्लोयीमा पाँच साइजको महिनावारी पेन्टी उपलब्ध छ । एक्स्ट्रा स्मल, स्मल, मिडियम, लार्ज र एक्सएल । १२ देखि १५ वर्षको किशोरीहरूले एक्स्ट्रा स्मल लगाउन सक्छन् । कम्मरको साइज ३० भएका युवतीले स्मल, ३२ भए मिडियम, ३४ हुनेले लार्ज र कम्मरको साइज ३४ भन्दा माथि हुनेले एक्सएल लगाउन सक्छन् ।
महिनावारी पेन्टी महिनावारीसँगै बच्चाको डेलिभरीपछि हुने रक्तस्रावमा पनि प्रयोग गर्न सकिन्छ । महिनावारी सुक्ने बेलामा पटकपटक हुने रक्तस्राव, सेतो पानी बग्ने समस्यामा पनि यो पेन्टी उपयोगी हुन सक्ने दिलिशा सुनाउँछिन् ।
फ्लोयीको टिममा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ पनि जोडिंदै
दिलिशा सुनाउँछिन्, ‘हामीले महिनावारीलाई सहज बनाउनुका साथै महिलाहरूको अन्य समस्या पनि सम्बोधन गर्न हाम्रो टिममा स्त्रीरोग तथा प्रसूति विशेषज्ञलाई पनि जोड्दै छौं ।
महिलाहरूमा महिनावारीसँगै सेतो पानी बग्ने, यौनाङ्ग चिलाउने लगायत विभिन्न समस्या देखा पर्छन् । यस्ता कुरा पनि महिलाले फ्लोयीसँग सेयर गर्न सकुन् भनेर हामीले चिकित्सकलाई जोड्न खोजिरहेको दिलिशा सुनाउँछिन्
साभार /अनलाईन खबर