
धादिङ– नेकपा एमालेको जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएको छ ।
नेकपा एमाले धादिङ अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिँदै मिसन चौरासीको लागि तयारी गरेको नेकपा एमालेले नौऔ जिल्ला अधिवेशन उद्घाट गरि जनसमूदायलाई सम्बोधन गर्न केपी शर्मा ओली धादिङ आउन लागेको अध्यक्ष त्रिपाठीले बताए ।
नेकपा एमालेको ९ औँ जिल्ला अधिवेशन सुदृढ संगठन एकताको आधार, एमालेको संकल्प जनताको सरोकार नारासहित २०८० माघ १९ गते उद्घाटन हुने छ ।
आइतबार प्रचार समिति बैठकमा पत्रकारहरुलाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष त्रिपाठीले आगामी निर्वाचन एमाले विजेता बन्नेगरि अघि बढेको बताएका छन् । करिब ६ सय प्रतिनिधिहरुले भाग लिने जिल्ला अधिवेशनमा जिल्लाका १ सय ४ वडाबाट सहभागिता हुने छ । उद्घाटन समारोहमा साँस्कृतिक झाँकी, स्थानीय जनताहरुको व्यापक सहभागिता रहने छ ।