Mon. Nov 25th, 2024

खनियाबासको बृचेत माविले मनायो संवरण महोत्सव !

धादिङ- खनियाबास गाउँपालिका- ३ मा रहेको बृचेत माविले ५०औ वर्ष पूरा गरेको छ । स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा विद्यालयले बुधबार र बिहिबार भव्य समारोहका बिच स्वर्ण महोत्सव मनाएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लालकुमारी तामाङले प्रधानाध्यापकको प्रतिबेदन प्रस्तुत गर्दै २०३१ सालमा स्थापना भएको विद्यालयले लामो समयपछी २०६३ मा कक्षा ६ र ७ सञ्चालन गरिएको,२०६५ मा कक्षा ८ को जिल्ला स्तरिय परिक्षामा सम्मिलित भई २०६७ मा पहिलो पटक एसएलसी परिक्षामा सम्मिलित भएको बताइन् ।

विद्यालयमा १६१ छात्रा र १३१ छात्र गरी २९२ जना बिद्यार्थी छन् । थप गुणस्तरीय शिक्षा प्रदान गरी बिद्यालयको बिकास गरेर नमुना बिद्यालयको रुपमा चिनाउने लक्ष्य अनुसार काम गर्दै आएको उनले बताइन् ।

कार्यक्रमकै अवसरमा विद्यालयको स्वर्ण महोत्सव स्मारिका बिमोचन गरिएको छ । स्वर्ण महोत्सवको अवसरमा निर्माण गरिएको स्वर्ण स्तम्भको अनावरण गरिएको छ ।

About The Author

अन्य समाचारहरु: